Logo
१९ पुस २०८१, शुक्रबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विनाविभागीय मन्त्रीको काम : सिंहदरवार नटेक्ने, सेवासुविधा लिने

काठमाडौं : साढे दुई महिनाअघि माओवादी केन्द्रका १६ मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विनाविभागी मन्त्री बनाए ।

जिम्मेवारीविहीन भएका ती मन्त्री अहिले सिंहदरबारमा खासै जान्न तर मन्त्रीले पाउनुपर्ने सबै सुविधा उपयोग गरिरहेकाछन् । विनाविभागिय मन्त्रीहरु कहिलेकाहीँ सिंहदरबार गए पनि आफ्ना संसदीय दलको कार्यालयमा छिर्ने गरेका छन् । विनाविभागीयहरुका लागि छुट्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्नको व्यवस्था छ तर मन्त्रीहरु नजाँदा एउटा साझा कोठा प्रयोगमा नआएको बुझिन्छ ।

वर्तमान सरकारमा माओवादीबाट एक उपप्रधानमन्त्री, ८ विना विभागीयमन्त्री र ७ विनाविभागीय राज्यमन्त्री छन् । क्याविनेट तहका ९ मन्त्रीलाई प्रधानमन्त्री कार्यालयका सचिवले मन्त्रिपरिषदको बैठकको अजेन्डा पठाउने गर्छन् । ७ राज्यमन्त्रीले त्यो अवसर पनि पाउँदैनन् ।

विना विभागीयका हिसाबले माओवादीका तर्फबाट कृष्णबहादुर महरा बिनाविभागीय उपप्रधानमन्त्री छन् भने गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला र सन्तकुमार दरै बिनाविभागीय मन्त्री छन् ।

यसैगरी, मोहम्मद जाकिर हुसैन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर विक, गोमा कुँवर र वाङ्दी शेर्पा बिनाविभागीय राज्यमन्त्री छन् । उनीहरू मन्त्रिपरिषद् बैठकमा कहिलेकाहीँ मात्रै सहभागी हुने प्रधानमन्त्री कार्यालयका अधिकारी बताउँछन् ।

जिम्मेवारीविहीन मन्त्रीहरूले मासिक ६० हजार ९ सय ७० रुपैयाँ तलबबापत बुझ्दै आइरहेका छन् भने इन्धनबापत २ सय ७ लिटर पेट्रोलको मूल्यबराबर रकमसमेत प्रधानमन्त्री कार्यालयबाट लिइरहेका छन् । जिल्लामा जाँदा दैनिक भ्रमण भत्ताबापत तीन हजार रुपैयाँसमेत उनीहरूले लिइरहेका छन् । बिनाविभागीय सबै मन्त्रीको निजी सचिवालयका स्वकीय सचिव, स्वकीय अधिकृत, प्रशासन सहायक, सवारीचालक र कार्यालय सहयोगीले समेत तलबभत्ता बुझ्दै आइरहेका छन् ।

क्वार्टरबाहिर बसिरहेका मन्त्रीरराज्यमन्त्रीले घरभाडाबापत मासिक ४० हजार रुपैयाँ लिइरहेका छन् । फुर्सदिला भएका विनाविभागीय मन्त्री सकेसम्म जिल्लातिरै समय कटाउँदै आएका छन् । विनाविभागीय मन्त्री पदमुक्त नहुँदा राज्यलाई निकैनै भार बढेको भन्दै चौतर्फी ओलोचना हुँर्दै आएको छ ।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्