म आमा बनिसकेको अनुभव गर्दैछु : अभिनेत्री निशा अधिकारी
काठमाडौं । अभिनेत्री निशा अधिकारी आमा बन्ने भएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत आफू आमा बन्न लागेको जानकारी सार्वजनिक गरेकी हुन् । आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै गर्भवती भएको उनले जानकारी दिएकी हुन् ।
क्रिकेटर शरद भेशवाकरसँग गत असार १६ मा लगनगाँठो कसेकी अधिकारीले आफ्नो फेसबुकमा भनेकी छिन्, “मैले अनुभुति नगरि मेरो शरीरभित्र एउटा सानो प्रतिविम्ब विकशित भइरहेको छ । म आमा बनिसकेको अनुभव गर्दैछु । हो, म आमा बन्दैछ’ ।” फेसबुकमा राखिएको उनको तस्बिरले पनि उनी गर्भवती भएको अड्कल काट्न सकिन्छ ।