Logo
३ आश्विन २०८१, बिहीबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘परमाणु बमको स्विच मेरो टेबुलमा छ के गर्ने ?’ भन्दै अमेरिकालाई किम जोङको धम्की

उत्तर कोरियाका प्रमुख किम जोङ उनले अमेरिकालाई चेतावनी दिँदै न्युक्लियर(परमाणु) बमको बटन सधै आफ्नो डेक्समा भइरहने बताएका छन् । समाचार एजेन्सीहरुका अनुसार उनले अमेरिकाले उत्तर कोरियाविरुद्ध कहिल्यै युद्ध गर्न नसक्ने समेत दाबी गरेका छन् । दक्षिण कोरियाको बारेमा भने किम अलिकति नरम देखिएका छन् । उनले संकेत गरेका छन् कि उनी दक्षिण कोरियासंग कुराकानी गर्न तयार छन् । टेलिभिजनमा आफ्नो नयाँ बर्षको भाषणमा किम जोङ उनले उत्तर कोरिया परमाणु हतियारले भरिपूर्ण रहेको बताउँदै भनेका छन्, ‘यो धम्की होइन वास्तविकता हो । ’

किमले उत्तर कोरियाले सोलमा हुने विन्टर ओलम्पिकमा टीम पठाउन सक्ने समेत बताए ।  उत्तर कोरियाले गरेका कयौ नयाँ मिसाइल परीक्षण र परमाणु कार्यक्रमको कारणले नाकबन्दी झेल्दै आएको छ । विश्वका धेरै देशहरु उत्तर कोरियासंगको सम्बन्धबाट टाढा नै छन् । तर ती सबैको वेवास्ता गदै उत्तर कोरियाले ६ वटा भूमिगत परिक्षण गरी सकेको छ । नोभेम्बर २०१७मा उसले ह्वासोंग–१५ मिसाइलको परिक्षण ग¥यो । यो मिसाइल ४ हजार ४ सय ७५ किमि सम्म गयो । यो अन्र्तराष्ट्रिय अन्तरिक्ष स्टेशन भन्दा दश गुण बढी उचाइ हो ।

उत्तर कोरियाले दाबा गरेको छ कि उससँग परिक्षणको लागि परमाणु हतियार तयार छ । नयाँ बर्षको उपलक्ष्यमा भाषणमा किम जोंगले हतियार नीतिमा जोड दिएका छन् । उनले भने‘उत्तर कोरियाले धेरैमात्रामा परमाणु हतियार र व्यालेस्टीक मिसाइल बनाउनु पर्छ र तीनलाई तैनाथ गर्ने काम तीब्र रुपमा गर्नपर्छ ।’ किमले यो बर्ष दक्षिण कोरियासंग सम्बन्ध सुर्धने आसा व्यक्त गरे । दुइ देशबीच निरन्तर सम्बन्धमा उतार चढाउ छ । यस्तो अवस्थामा किम जोंग उनमा आएको परिवर्तन ध्यानदिन योग्य छ ।

किम जोंगले भनेका छन् ‘फेरवरीमा प्योंगयांगमा हुने खेलहरुमा प्रतिनिधहरु पठाउने कुरामा विचार गरीरहेका छौ ।’ दक्षिण कोरियाले भनिसकेको छकि ‘यस्ता कुनै पनि कदमको स्वागत गरिने छ ।’ किमले भने‘विंटर ओलम्पिकमा उत्तर कोरियाको सहभागीता एकता देखाउने सबै भन्दा राम्रो मौका हुने छ । हामी आसा गर्छौ कि यो खेल पूर्णरुपमा सफलतासाथ सम्पन्न होस्।’

प्रकाशित मिति: Jan 1, 2018

प्रतिक्रिया दिनुहोस्