Logo
११ मंसिर २०८१, मंगलबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनमा असहयोग गर्ने ८७ कर्मचारीलाई कारबाहीका लागि सिफारिस

सिन्धुपाल्चोक : गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा असहयोग गर्ने ८७ कर्मचारी कारबाही सिफारिसमा परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई कारबाही गर्न निर्वाचन आयोगमा सिफारिस गरी पठाएको हो । ‘असहयोगी कर्मचारीलाई बिभागीय कार्वाही गर्न सिफारिस गरी आयोगमा लेखी पठाएका छौँ,’ निर्वाचन सकिएपछि त्यसको समीक्षा गर्न आइतबार आयोजित पत्रकार भेटघाटमा मुख्य निर्वाचन अधिकृत दीपक खनालले भने।

प्रतिनिधिसभा क्षेत्र नं. १ तर्फ ५० र क्षेत्र नं. २मा ३८ कर्मचारी बिनासम्पर्क र जानकारी खटाएको मतदान केन्द्रमा गएका थिएनन् । निर्वाचन सम्पन्न प्रयोजनका लागि गत असोज २९ गते खोलिएको कार्यालय शुक्रबार बन्द भएपछि मुख्य निर्वाचन, निर्वाचन अधिकृतले सञ्चारकर्मीसँग चुनावको समीक्षा गरेका हुन् ।

उनले निर्वाचन गराउने अभिभारा सुम्पेर खटाएको मतदान केन्द्रमा नजाने कर्मचारी कारबाही सिफारिसमा परेका हुन् । खनालको अनुसार धेरै कर्मचारी खटाएको केन्द्रमा गएनन् भने केही कर्मचारी सरुवा भएको भन्दै त्यसको जानकारी कार्यालयमा नदिएर निर्वाचनमा असहयोग गरे ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्