Logo
११ मंसिर २०८१, मंगलबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलाकारदेखि ६० जना सर्बसाधारणले गरे रक्तदान

काठमाडौं : सुर्य प्रतिष्ठान नेपाल र सक्षम फाउण्डेशन नेपालद्वारा रक्तदान कार्यक्रम गरेको छ । शनिबार भक्तपुर कमल बिनायक स्थित सरस्वती स्कुल नजिक रहेको चौडीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा राष्ट्रिय कलाकारदेखि सर्बसाधारणले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटीसंग समन्वय गरी सञ्चालन गरेको उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेको सुर्य प्रतिष्ठान नेपालका अध्यक्ष उषा लिङदेनले बताए ।

गत बर्षमा स्थापना भएको सुर्य प्रतिष्ठान नेपालले सामाजिक सेवा क्षेत्रमा कार्यक्रमहरु गर्दै आएको छ । सार्बजनिक स्थलहरुमा सरसफाई लगायत अन्य संस्थाहरुसंग समन्वय गरी कामहरु गर्दै आएको छ । रक्तदान गर्ने सबैजनालाई प्रशंसा–पत्र पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्