Logo
११ मंसिर २०८१, मंगलबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२०१७ मा बलिउडले गुमाएका यी हुन् बहुचर्चित सेलिब्रेटी

शशि कपुर

डिसेम्बर ४ मा बलिउडका दिग्गज अभिनेता शशि कपुरको ७९ वर्षको उमेरमा निधन भयो । मुम्बईको धीरुभाइ अम्बानी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी लामो समयदेखि मिर्गाैलासम्बन्धी समस्याबाट पीडित थिए । शशिको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरियो ।

यी हुन् २०१७ मा बलिउडले गुमाएका सेलिब्रेटी

ओम पुरी

वर्षको सुरुवातमै बलिउडले उम्दा कलाकार ओम पुरीलाई गुमायो । ६६ वर्षको उमेरमा हार्ट अट्याकका कारण उनको मृत्यु भएको बताइयो । अस्पताल पुग्दा उनलाई मृत घोषित गरियो । तर, पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको सही कारण खुलाइएको छैन । भारतीय प्रहरीका अनुसार उनको शव भान्छामा भेटियो । टाउकोमा पनि गहिरो घाउ थियो । अट्याक आउँदा लडेर भित्तामा टाउको ठोक्किएकाले घाउ भएको हुनसक्छ भन्ने अनुमान प्रहरीको छ ।

om-puri

विनोद खन्ना
अभिनेता विनोद खन्नाको निधन २७ अप्रिलमा भएको थियो । ७० वर्षका उनी लामो समयदेखि क्यान्सरका बिरामी थिए । मृत्युअघि सामाजिक सञ्जालमा उनको एउटा फोटो भाइरल भएको थियो । जसमा उनी एकदमै कमजोर देखिएका थिए ।vinod-khanna

रीमा लागू
बलिउड तथा टीभी जगत्की प्रसिद्ध अभिनेत्री रीमा लागूको निधन मे महिनामा भएको थियो । पर्दामा आमाका भूमिका निर्वाह गर्ने उनको मृत्यु हर्ट अट्याकले भएको थियो ।

rima lagoo

इन्द्र कुमार
अभिनेता इन्द्र कुमारको मृत्यु २८ जुलाईमा भएको थियो । उनको मृत्यु पनि हर्ट अट्याककै कारण भएको हो । उनी आफ्नो घरमा बेहोश हालतमा फेला परेका थिए । अस्पताल पु¥याउँदा डाक्टरले उनलाई मृत घोषित गरेका थिए । उनी मात्र ४४ वर्षका थिए ।

inder-kumar

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्