Logo
३ आश्विन २०८१, बिहीबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जयललिताको स्थान लिन राजनीतिमा आउने सुपरस्टार रजनीकान्तको घोषणा

दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन् । तमिलनाडुमा लोकतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको र सिस्टम परिवर्तनका लागि राजनीतिमा आउनु परेको उनले बताए ।

चर्चित अभिनेता रजनीकान्तले मानिसहरुलाई राजनीतिमा आउन पनि अपील गरे । साथै उनले अब तामिलनाडुको हरेक गाउँ र गल्लीमा पुग्ने बाचा पनि गरेका छन् । उनले आफ्नै पार्टी बनाउने र तमिलनाडुमा आगामी मईमा हुने विधानसभा चुनाव लड्ने बताएका हुन् । उनले भने, ‘यो संकटको घडीमा राजनीतिमा आइन भने मेरो लागि लाजमर्दो विषय हुनेछ ।’

प्रदेशकी लोकप्रिय मुख्यमन्त्री जयललीताको निधनपछि रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएको थियो । ६७ वर्षीय रजनीकान्तले भनेका छन्, ‘प्रदेशको आगामी विधानसभामा एउटा नयाँ राजनीतिक दल बनाउनु समयको माग हो । हामी २०२१ मा तमिलनाडुका सबै २३४ सिटमा चुनाव लड्छौं ।’

जयललिताको निधनपछि तमिलनाडुको राजनीतिमा एक खालीपन आएको छ । जयललिताको लोकप्रियता यति थियो कि त्यो रिक्तता भाजपा वा कांग्रेसले पूर्ति गर्न सकेनन् । जयललिताको पार्टी एआईएडीएम भने अन्तरिक विवादमा फसेको छ ।

 

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्