Logo
१३ मंसिर २०८१, बिहीबार
(December 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक रनले भैरहवालाई हराउँदै‌ विराटनगर बन्यो च्याम्पियन

काठमाडौं : भैरहवा ग्लाडियटर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको विजेता बनेको छ।

त्रिवि क्रिकेट मैदानमा एक सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४८ रन मात्र जोड्न सक्यो।

भैरहवाका कप्तान शरद भेषावकरले ५२, प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।बन्यो

कुनै समय ९.५ ओभरमा एक विकेट गुमाएर ८७ रन जोडेको भैरहवा सहज स्थितिमा देखिएपनि भरपर्दा अन्य ब्याट्सम्यानबाट गतिलो साथ पाउन सकेन।

प्रदिप एैरी ६, रोहित पौडेल सात र राहुल यादब ६ रनमा आउट भए। विराटनगरका बलर पारस खड्का एक्लैले तीन विकेट लिए।

करन केसी र अनिल शाहले दुई दुई विकेट हात पारे । यसअघि विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४९ रन जोेडेको थियो।

विराटनगरको पालीमा अंशुमान रठले ४१, पारस खड्काले २७, अनिल शाहले २२ र प्रनित मगरले १४ रन बनाएका थिए। विराटनगरका कप्तान पारस खड्का प्लेयर अफ दी म्याच घोषित भए। विजेता विराटनगरले २१ लाख रुपैयाँ पाएको छ।

प्रकाशित मिति: Dec 30, 2017

प्रतिक्रिया दिनुहोस्