Logo
३ आश्विन २०८१, बिहीबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजमा बिकारल बन्दै ‘आङ खस्ने’ समस्या : एक गाँउमा मात्र ३०५ बिरामी

उदायपुर : महिलामा पाठेघर खस्ने अर्थात आङ खस्ने समस्याले यत्तिबेला बिभिन्न जिल्लामा बिकारल बन्दै गएको छ । गाउँघरमा आङ खस्ने रोग भनेर चिनिने पाठेघर खस्ने समस्याबाट महिला दिन प्रतिदिन ग्रसित बन्दै गएका हुन् ।चिकित्सकहरुका अनुसार आङ खस्ने समस्या बाट पीडित पहाडी जिल्लाका महिलाहरु खुलेर नआउने गर्नाले पनी यो समस्याले बिकाराल रुप लिईएको हो । कतिपय महिलामा पाठेघर खस्ने तथा आङ खस्ने समस्याबाट ग्रसित छन भन्ने आकंलन गर्न अहिले नै नसकिने बताईएको छ ।

यसैबीच, उदायपुरमा पनि यस रोगको उपचारका लागि एउटा शिविर नै आयोजना गरिएको छ । शिविरमा निकै मार्मिक रोगबाट ग्रसित रहेका बरामीहरु देखिएको डा.विजय मेहताले बताए । डा. मेहताका अनुसार उदायपुरको सुनकोशी गाँउपालिका स्थित ३०५ बिरामीहरुले शिविरमा आइ उपचार गराएका छन् । जसमा १७ जना महिलामा कयान्सर सम्मको लक्षण देखिएको छ भने ५० जना बिरामीलाई तत्कालै सल्यक्रिया गर्नुपर्ने देखिएको छ । त्यस्तै ५५ जना बिरामी समान्य उपचारबाट निको हुने स्थितीका छन् । सोही शिविरमा जममा १९१
जना यौण रोगका बिरामीले उपचार पाएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालया उदायपुर र ओरेक नेपालको आयोजनमा स्वास्थय चोकी बराहामा आयोजना गरिएको शिविर जम्मा २ दिनसम्म चलेको थियो । डा. मेहताका अनुसार नेपालका पहाडी जिल्लाहरुमा ७० प्रतिशत विवाहित महिलाहरुमा यो समस्या देखिने गरेको बताउदै पाठेघर खस्ने समस्याको बर्गिकरण महिलाहरुको पाठेघर खस्ने कारण, पाठेघर खस्दा देखिने लक्षणहरु, उपचार व्यवस्थापन साथै  उपचार गर्नका लागि के कस्ता उपायहरु हुनसक्छन ? यसबारमा समेत परिचर्चा गरिएको थियो ।

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्