Logo
११ मंसिर २०८१, मंगलबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस कार्यसम्पादन समिति बैठक

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । चुनावको समिक्षा गर्न रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले बैठक बोलाउन दबाव दिँदै आएका थिए । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

पौडेल र सिटौला पक्षले चुनावमा पराजयको जिम्मेवारी लिँदै पद त्याग्नुपर्ने, विशेष महाधिवेशन बोलाउनुपर्ने मागसमेत गर्दै आएका छन् । आजको बैठकमा यस विषयले पनि प्रवेश पाउने कांग्रेसका एक नेताले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकको मुख्य एजेण्डा भने प्रदेशसभातर्फको समानुपातिक सांसद छनोट रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

बैठकमा प्रदेशको समानुपातिक सांसद चयनसँगै राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिबारेसमेत छलफल हुने छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यीय छ ।

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्