Logo
१२ पुस २०८१, शुक्रबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली रसुवागढी पुग्दा भारतमा हलचल !

काठमाडौं : केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओली रसुवाको भ्रमणमा निस्किए । अध्यक्ष ओलीका साथमा एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी स्थायी समिति सदस्य सुवास नेम्बाङ, शंकर पोखरेल, जनार्दन ढकाललगायत नेता समेत रहेका थिए ।

अध्यक्ष ओलीले भ्रमणका क्रममा स्थानीयलाई चीनसँग जोडिएको रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय मार्गलाई व्यवस्थित गरिनुका साथै आउँदो चैत–वैशाखसम्ममा बेत्रावती–स्याँफ्रुवेंसी मार्ग सञ्चालनमा ल्याइने बताए ।

ओलीले रसुवागढी अन्तर्राष्ट्रिय नाका व्यवस्थित गरिने समेत बताएका थिए । यता, ओलीको रसुवागढी भ्रमणले भारतमा समेत हलचल मच्चिएको छ ।

भारतीय संस्थापन पक्षले खुला रूपमा नेपालको राजनीतिक घटनाक्रमबारे मुख नखोले पनि भारतीय सञ्चारमाध्यम र नेपाल मामालिाका जानकार भने आगामी दिनमा हुने नेपाल–भारत सम्बन्धलाई लिएर धारणा सार्वजनिक गरिरहेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे पूर्व भारतीय राजदूत राकेश सुदले आगामी दिन नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाएँदै लग्नुपर्ने बताएका छन् । वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने लाइनमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतलाई समेत विश्वासमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

निर्णायक विजय हासिल गरे पनि ओलीको उत्तरी नाका भ्रमणलाई दिल्लीले अर्थपूर्ण रूपमा नियालेको उनले बताएका छन् । भारतको अंग्रेजी दैनिक पत्रिका द हिन्दूमा ‘नेपालमा निर्वाचनपछिको छलफल’ शीर्षकमा आफ्नो धारणा राख्दै सुदले विगतको तिक्तता भुल्दै नेपालले भारतसँग सम्बन्ध विस्तार गर्नुपर्ने बताएका छन् । पूर्वराजदूत सुदले नेपाल चीनसँग नजिकिँदाको जोखिमबारे ओली बेखबर नरहेको भन्दै दिल्लीले पनि विश्वासको वातावरण बनाउनुपर्ने उल्लेख गरेका छन् ।

‘यसका लागि नेपालको चिन्तालाई सम्बोधन गर्नुपर्छ’, उनी अगाडि लेख्छन, विनाशकारी भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माण र विकास परियोजना कार्यान्वयन गर्न शीघ्रता देखाउनुपछ ।’

यसले नेपालमा भारतप्रतिको राम्रो सन्देश प्रवाह हुने उनको भनाई छ । भारतीय पक्षबाट यसरी टिकाटिप्पणी भैइरहेको बेला अव बन्ने सरकारले दुवै देशको सम्बन्धलाई कुन तवरले अघि बढाउने हो ? बडो महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्