Logo
३ आश्विन २०८१, बिहीबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रहेनन् समाजसेवी तथा जनस्वास्थ्य विज्ञ केके सिंह (फोटो फिचर)

काठमाडौं : बिभिन्न संघ संस्थामा कार्यरत तथा पब्लिक हेल्थका विज्ञ कौशलकुमार सिंह (केके सिंह) को सडक दुर्घटनामा परेर निधन भएको छ । उनको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । लामो समय स्वास्थ्य मन्त्रालय मातहत विभिन्न जिल्लाको जिल्ला स्वास्थ्य प्रमुख भएर नेपालको जनस्वास्थ्य सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका सिंहले त्यसपछि जिआईजेड, प्लान, एफएचआई लगायतका दातृ निकायमा काम गरेका थिए । पछिल्लो पटक उनी विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य मन्त्रालय पुनर्जागरण महासाखा नसर्ने रोग न्यूनिकरण सम्बन्धी कार्यक्रममा संलग्न थिए ।

विराटनगरबाट काठमाडौं आएका ज्वाईलाई एयरपोर्टबाट घर ल्याउने क्रममा गौशालाबाट रातोपुल जाने ओरालोमा बसले ठक्कर दिएपछि दुबै जना गम्भिर घाइते भएका थिए । विराट मेडिकल कलेजमा कार्यरत उनका ज्वाईको काठमाडौं मेडिकल कलेजको आईसियूमा उपचार भइरहको छ । विराट मेडिकल कलेजमा कार्यरत सिंहका छोरी र ज्वाई दुबै चिकित्सक हुन् । सर्लाहीका स्थानिय बासिन्दा सिंहका दुई छोरा बंगालादेशमा एमबिएस पढ्दै छन् भने अर्की छोरी क्यानाडामा छिन् । सिंहको बुधबार बिहान पशुपति आर्यघाटमा बुधवार दाहसंस्कार गरिएको छ । बंगालादेशमा अध्ययनरत छोराहरु आउन ढिला भएकाले उनको दाहसंस्कार बुधबार मात्र गरिएको हो ।

उनको निधन प्रति बिभिन्न संघसंस्थाहरुले समेत दुख ब्यक्त गरेको छ नेपाल कुशवाहा कलयाण समाज लगायतका संघसंस्थाले उनी प्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । समाजका केन्द्रिय सचिव वीरेन्द्र कुमार मेहताले जारी गरेको वक्तब्यमा सिंहको निधनले समाजमा अपुर्णिय क्षति भएको भनिएको छ ।

समाजले जारी गरेको बक्तबयमा भनिएको छ : 
कुसल ब्यक्तित्वका धनी सर्लाही घर भइ उपत्यका स्थित लोकन्थली निवासी विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ-संस्थामा कार्यरत आदरणीय #कौशलकिशोर सिंह “कुशवाहा” (के के सिंह) को हिजो असमाहिक निधन भएको छ । सडक दुर्घटनामा सिकिस्त भैइ केएमसी हस्पिटलमा उपचाररत रहेका उहाँको हिजो १ बजे निधन भएको हो । सिंह ज्युको यो दु:खद अन्त्यको खबरले सिंगो कुशवाहा समाज स्तब भएको छ । भगवानले उहाँको शोकाकुल परिवारलाई धैर्यधारणको क्षमता प्रदान गरोस् । शोकाकुल उहाँको परिवारप्रति हार्दिक समवेदना सहित मृत आत्माले चिर शान्ति पाओस् । उहाँप्रती हार्दिक श्रद्धाञ्जली ।

#तस्विर : सरोज महतो

 

 

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्