Logo
३ आश्विन २०८१, बिहीबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाईलाई मुख्य उच्च अदालतको न्यायाधीश बनाउन कानुनमन्त्रीको कसरत

काठमाडाै‌ : कानुनमन्त्री यज्ञबहादुर थापाले आफ्ना भाई कृष्णबहादुर थापालाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउन कसरतमा जुटेका छन् ।  राज्यको संघीय संरचनाअनुसार गठन हुने उच्च अदालतका न्यायाधीश तथा मुख्य न्यायाधीश नियुक्ति गर्न केही दिनयता न्याय परिषदले अन्तिम तयारी गरिरहेको छ। परिषदले उच्च अदालतका न्यायाधीशको योग्यता एवं क्षेत्राधिकार निर्धारणमा अन्तिम छलफल गरिरहेको छ।

स्रोतका अनुसार भाईको नियुक्तिका लागि कानुनमन्त्री थापाले प्रधान न्यायाधीश तथा न्याय परिषद् अध्यक्ष गोपाल पराजुली र परिषद् सदस्यहरुलाई दवाब बढाएका हुन् । कानुनमन्त्रीका भाई कृष्णबहादुर पोखरा केन्द्रित रहेर वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता हुन् ।

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्