पार्टी एकता गर्ने निर्णय सहित ओली–प्रचण्ड बैठक सकियो
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीचको वार्ता सकिएको छ । दिउसो १ बजेदेखि सुरु भएको दुई नेताबीचको वार्ता सभा २ बजे सकिएको हो ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘नयाँ सरकार गठनका विषयमा वर्तमान सरकारले नै बाटो खुल्ला गरिदिनु पर्ने निष्कर्ष दुई नेताले निकाल्नु भएको छ।’
वार्तामा सरकार गठन र पार्टी एकताको विषयमा कुराकानी भएको थियो । जस अनुसार एकताका लागि भोलि पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति दुई नेताले गरेका छन् ।