Logo
११ मंसिर २०८१, मंगलबार
(December 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ट्वाइलेट’ पछि अक्ष्यकुमारले अब पुरुषलाई महिनावारीको पाठ सिकाउने

पछिल्लो वर्ष ‘ट्वाइलेट’ फिल्ममा काम गरेर अत्यधिक चर्चा कमाएका अक्षयकुमार यतिबेला पुनः चर्चामा आएका छन् । आगामी २६ जनवरी २०१८ मा रिलिज हुन गइरहेको निकै महत्वाकाङ्क्षी फिल्म ‘प्याडम्यान’का कारण अक्षय चर्चामा आएका हुन् ।

प्याडम्यानदेखि निकै उत्साहित अक्षयले यो फिल्मले सामाजिक सन्देश दिन सफल हुने विश्वास प्रकट गरेका छन् । उनले उक्त कुरा प्याडम्यानको हालै रिलिज भएको एउटा गीतको अवसरमा बताएका हुन् । महिनावारी हुँदा महिलालाई कति गाह्रो हुन्छ, त्यो कथामा ‘प्याडम्यान बनेको छ ।

महिनावारी हुँदा प्याड कसरी लगाइन्छ, किन लगाउनुपर्छ, यसको फेरबदल गर्दा कति अप्ठ्यारो हुन्छ ? त्यो कुरा महिलाले मात्र बुझेका हुन्छन्, यसबारेमा पुरुष अनविज्ञ हुन्छन् भन्ने कुरालाई यो फिल्ममा देखाइएको छ । सामाजिक मुद्दालाई गम्भीर रूपमा उठान गरिएको प्याडम्यानमा अक्षयकुमार, सोनम कपुर र राधिका आप्टे प्रमुख भूमिकामा देखिएका छन् ।

यो फिल्मको निर्देशन आर बाल्कीले गरेका छन् । यस फिल्मकी सहनिर्माता ट्विङ्कल खन्नाले प्याटम्यानको मुख्य भूमिकामा अक्षय उनको रोजाइ नभएको खुलासा गरेकी छिन् । पछि निर्देशक बाल्कीले अक्षय नै यो भूमिकामा सुहाउने भनेपछि ट्विङ्कल राजी भएकी थिइन् ।

प्रकाशित मिति: Dec 27, 2017

प्रतिक्रिया दिनुहोस्