Logo
१२ पुस २०८१, शुक्रबार
(December 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवको सशस्त्र संघर्षलाई वैद्यले स्वीकारे, अब पार्टी एकता हुने

काठमाडौं : मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकता हुने भएको छ ।

राजधानीमा दुई पार्टीका शिर्ष नेतहरूबीचको गोप्य बैठक पश्चात् निर्णय सार्वजनिक गरिदै भनिएको छ, ‘क्रान्तिकारी कम्युनिष्टहरूबीचको वैचारिक, राजनीतिक, संगठनात्मक एकीकरण तथा ध्रुवीकरण आवश्यक भएकाले पार्टी एकताको पहल थालिएको हो ।’

बैठकले  राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार तथा पेशागत हकअधिकारका मुद्दामा संयुक्त संघर्ष र जनयुद्ध, सहिद सप्ताह र जनआन्दोलन लगायतका दिवस मनाउने निर्णय समेत गरेको छ ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा वैद्यले ‘जनगणतान्त्रिक मोर्चा’ मार्फत चुनावमा सहभागिता जनाएको भए पनि विप्लवको पार्टीले बहिष्कार गर्दै विस्फोटर आगजनीका घटना गराएको थियो ।

निर्वाचनको समीक्षा गर्न चितवनमा केही दिनअघि बसेको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकले सशस्त्र संघर्षमा जाने निर्णय लिएलगत्तै दुई पार्टीबीच एकताको सहमति भएको हो । बैठकका दौरान वैद्य र विप्लवले अमेरिका र संयुक्त राष्ट्रसंघले उत्तरकोरियामाथि लगाएको नाकाबन्दीसहितका अमानवीय व्यवहारको विरोध पनि गरेका छन् ।

प्रकाशित मिति: Dec 27, 2017

प्रतिक्रिया दिनुहोस्