Logo
९ मंसिर २०८१, आईतबार
(December 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैभन्दा सस्तो सामान काठमाडौंमा कारोबार

काठमाडौं : नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा सबैभन्दा सस्तो सामान काठमाडौंमा कारोबार भएको छ ।

यो महिनामा काठमाडौंको मूल्य वृद्धि तीन दशमलव दुई प्रतिशत छ । हिमाल सबैभन्दा महगो देखिएको छ । यस्तो वृद्धिदर पहाडमा चार दशमलव सात र तराईमा तीन दशमलव सात प्रतिशत छ । गत वर्षको सो महिनामा काठमाडौंमा तीन, हिमालमा चार, तराईमा पाँच दशमलव एक र पहाडमा ६ दशमलव दुई प्रतिशत थियो ।

यस्तै असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा आइपुग्दा तीन दशमलव नौ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि चार दशमलव आठ प्रतिशत थियो ।

०७२ को कात्तिकमा भूकम्प र नाका बन्दीको कारण मूल्य वृद्धि १०.४ प्रतिशत पुगेको थियो । दुई वर्ष अघिको मूल्यका आधारमा यस वर्ष वस्तु तथा सेवाको मूल्य घटे पनि यस वर्षको पहिलो चार महिनामा भएको मूल्य वृद्धिमध्ये कात्तिक महिनामा सबैभन्दा बढी हो ।

प्रकाशित मिति: Dec 25, 2017

प्रतिक्रिया दिनुहोस्