Logo
३ आश्विन २०८१, बिहीबार
(December 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कांग्रेस घाटमा पुगेको छैन, तर थला मात्र परेको छ’

नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले कांग्रेसलाई राष्ट्रब्यापी रुपमा बलियो बनाउन सही उपचार जरुरी रहेको खुलासा गरेका छन् । कांग्रेस बुटवल नगर समितिले आज आइतबार बुटवलमा आयोजना गरेको कार्यकता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यसपटकको निर्वाचनमा कांग्रेस मात्र हारेको तर कांग्रेसको विचारले जितेको दाबी गर्दै भने– ‘कांग्रेस घाटमा पुगेको छैन, तर थला भने अवश्य परेको छ ।’

गम्भीर आत्मसमीक्षा नगरी अब यही हालतले अघि बढ्न खोजेमा कांग्रेस इतिहासको पुस्तकमा खोज्नुपर्ने अवस्था आउने चेतावनी नेता शर्माले दिए । पार्टीको कपालको रौँदेखि खुट्टाको बुढी औंलासम्म कमजोर बनेकोले राष्ट्रव्यारी रूपमा कांग्रेस बदल्न आवश्यक रहेको औंल्याउँदै चर्चित युवा नेता शर्माले पार्टीमा आमूल परिवर्तन जरूरी रहेकोमा जोड दिए ।

पार्टी विस्तार नभई व्यवस्थापन आवश्यक रहेको विश्वप्रकाशको तर्क छ । उनले चुनाव हार्दैमा पार्टी नसकिने भन्दै अब फुटबल हारेको टीमजस्तो चुनाव हारेर कांग्रेस नबस्ने भन्दै पार्टीपङ्क्तिलाई उत्प्रेरित गर्ने प्रयत्न पनि गरे । कांग्रेसको रूखलाई जरामा पानी हाल्नुपर्ने बेला आएको उनको निश्कर्ष छ । कांग्रेसको चुनावी परिणामबाट कोही पनि आत्तिनु पर्ने अवस्था नरहेको भन्दै उनले बाम गठबन्धनलाई पनि चुनावी नतिजामा बढि नहौसिन आग्रह गरे ।

प्रकाशित मिति: Dec 24, 2017

प्रतिक्रिया दिनुहोस्