Logo
३ आश्विन २०८१, बिहीबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलीको छोरा हुँ, आफैं गोठालो हुँ, कतै दम्भ देखाउनु छैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ नदेखाएको बताएका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मोत्सवको अवसरमा बाँडेगाउँमा आयोजित कार्यक्रममा भने, ‘कतै दम्भ देखाउनु छैन । न दम्भ देखाउने न कुलघरानाको हुँ । हलीको छोरा हुँ, आफैं गोठालो हुँ ।’

कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने, ‘गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ । शासकीय स्वभाव र ख्वाइस छैन ।’ भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताए । ‘मेरो परिभाषामा राजनीतिमा बेइमानीको ठाउँ छैन’ उनले अघि भने ।

अोलीले नेपाल स्थिरता र स्थायित्वमा प्रवेश गर्‍यो भनेर पनि दाबी नगर्ने बताए । उनले भने, ‘त्यस एरातर्फ प्रवेश गर्‍यो । अलमल गर्ने होइन, हामी गम्भीर हुन जरुरी छ ।’

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्