Logo
११ पुस २०८१, बिहीबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलहरुको विवादका कारण राष्ट्रपति अप्ठ्यारोमा : राष्ट्रपतिका प्रेस संयोजक

काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस सल्लाहाकार माधव शर्माले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश अध्ययनकै क्रममा रहेको बताएका छन् ।

दलहरु मिलेर नै सहज वाटो खोज्न सकिने भएकाले राष्ट्रपतिले दलहरुलाई आग्रह गरेको शर्माले बताए । दलहरुको बेमेलकै कारण अध्यादेश अगाडि बढाउन राष्ट्रपतिलाई गाह्रो भएको उनको भनाई छ ।

शर्माले अध्यादेशका बारेमा भइरहेको विवाद हटाउन दलहरुले आपसि सहमति गर्नुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आफैँ पनि अध्ययन गरिरहेको बताए ।

राष्ट्रपति पदको गरिमा कायम राख्नुपर्नेमा दल र तिनका नेताहरुले जोड दिने गरेको भए पनि अहिले अध्यादेशको विवाद झिकेर राष्ट्रपतिलाई अप्ठ्यारोमा पारिएको शर्माको भनाई थियो ।

विवादस्पद रुपमा राष्ट्रपतिलाई तान्ने काम भएको उनको आरोप थियो । संविधानअनुसार राष्ट्रपतिले सरकारले पेश गरेको अध्यादेश स्विकृत गर्नुपर्ने भए पनि दलहरुकै विवादका कारण समस्या भएको उनले बताए ।

अन्य संचारमाध्यम र संचारकर्मीले पनि यस विवादलाई समाधन गर्न भूमिका खेलिदिन उनले आग्रह गरेका छन् । “सबै कुरा शितल निवासतर्फ तेस्र्याउनुभन्दा खोज पत्रकारिता गरेर जनतामाझ स्पष्ट पारिदिए हुन्थ्यो नि ।” शर्माले भने ।

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्