Logo
३ आश्विन २०८१, बिहीबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कलाकारीतासँगै समाजसेवामा अग्रसर छु’

१० बर्षदेखी निरन्तर कलाकारीता क्षेत्रमा निरन्तर सक्रिय रहेकी सिमा चाम्लिङ राई समाजसेवामा पनि उत्तिकै सक्रिय छिन् । खोटाङबाट काठमाडौं आई हाल कलाकारिता क्षेत्रमा अभ्यासरत रहेकी सिमासंग हेमराज पौडेलले गरेको कुराकानीको संक्षेप अंस :

– आफुलाई चिनाउनु पर्दा कसरी चिनाउनु हुन्छ ?
आज भन्दा १० बर्ष आगाडी देखी कलाकारीता क्षेत्रमा निरन्तर लागिरहेको छु । ०६१ सालमा चाम्लिङ राईसँग सम्वन्धित विषयको परिवर्तन भन्ने फिल्ममा पहिलो पटक पोखरामा मेन नायिकाको भूमिकामा खेल्न पाएको थिए र आज सम्म पनि निरन्तरता टुटेको छैन् । सबैको साथ र सहयोगको कारणले पनि आज कला कार कै रुपमा चिनिने मौका पाएकी छु ।

– कलाकारीता तिरको रुची यहाँमा कसरी आयो ?
खासगरी सानै देखिनै कलाकार बन्ने रहर थियो । खोटाङबाट काठमाडौं आए । सो पश्यात पारिवारीक रुपमा पनि साथ मिल्दै गयो । विभिन्न कलाकारहरुसँग पनि मेरो सामिप्यता बढ्दै गयो । यसले आज मलाई कलकारीतामा सफलता पाएकी छु ।

– अहिलेको योजना केछ ?
हाल विशेष म्यूजिक भिडियो तिर नै व्यास्त छु । अहिले भर्खरै मेरो अभिनयमा रहेको ‘पाक्यो भलाए’ भन्ने संगितिक भिडियो बजारमा आएको छ । यो युट्युवहरुमा पनि सर्वधिक हेरिएको छ । अब विभिन्न गितहरुमा अभिनय गर्नका निम्ति अफरहरु आएका छन् । जो मैले अभिनय गरेका गितहरु छिट्टै बजारमा आउनेछन् ।

–आफूलाई सामाजिक उत्तरदायित्वमा कत्तिको केन्द्रित गराउन सक्नु भएको छ ?
पक्कै पनि कलाकार राष्ट्रको अङ्ग हो । त्यसैलाई आधार बनाएर कलाकारीतामा मात्रै सिमति नभई म सामाजिक काममा पनि अग्रसर छु । सामजिक कार्य जस्तै अपांगहरुको लागी मैले बिशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छु । जसको प्रपोजलहरु तयार भइसकेको छ ।

सामाजिक कार्यमा संलग्न हुँदा कस्तो लाग्छ ?
वास्तवमा मेरो मन एकदमै कोमल छ । जसकारण मैले सामाजिक कार्यमा आफूलाई अग्रसर बनाएकी हु । मलाई अनाथ, अपांग बच्चाहरु देख्दा आफु सक्दो सहयोग कसरी गर्न सकिन्छ भन्ने सोचाइ आउछ । तसर्थ सामाजिक कार्य मलाई मन पर्छ । साच्चै कलाकारीतामा लागेर सामाजिक कार्यमा संलग्न हुन पाउदा आफूलाई निकै भाग्यमानी ठान्छु ।

अन्त्यमा…
म कलाकारीता क्षेत्रमा अझै भिज्न चाहान्छु र समाजसेवामा पनि उत्तिकै । यसका निम्ति आम वर्गको साथ चाहिन्छ । तसर्थ सबैको साथ मिलोस् । धन्यवाद । ।

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्