Logo
३ आश्विन २०८१, बिहीबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आस्था र निष्ठाको राजनीतिका धरोहर ‘किसुनजी’

नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्सथापना पश्चातका पहिला प्रधानमन्त्री, साथै नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई अर्थात ‘किसुनजी’ को जन्मजयन्ति भब्ययताका साथ मनाइदै छ ।गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिनुहुन्छ । उहाँ स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिनुहुन्थ्यो । हरदम हँसिलो रहने स्वभावका भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता उहाँमा थियो ।  पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले उहाँलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्थ्यो । । 

भट्टराईलाई सम्झदा :

बि.सं. २००३ सालमा नेपाली कांग्रेस गठन गर्दा देखि नै राजनीतिमा संलग्न भएका भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गर्नुभएको थियो । उहाँ बि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाको सभामुख हुनुभएको थियो ।

भट्टराई वि।सं। २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय चुनाव गराउने महत्त्वपूर्ण दायित्त्व उहाँले सफलता पूर्वक बहन गर्नुभएको थियो । तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा उहाँ आफू भने काठमाडौंबाटै पराजित हुनुभयो । तै पनि उहाँ बिचलित हुनुभएन पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बन्नुभएको थियो उहाँ ।

आजीवन अविवाहित रहनुभएका र सन्त प्रवृत्तिको भएकाले गर्दा केहीले उहाँलाई सन्त नेता भनेर पनि सम्वोधन गर्ने गरिएको थियो । राजनीतिक बृत्तमा भनें उहाँलाई बोलाउने नाम किशुनजी हो। गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिनुहुन्छ । उहाँ स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिनुहुन्थ्यो । हरदम हँसिलो रहने स्वभावका भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता उहाँमा थियो ।  पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले उहाँलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्थ्यो । ।

कृष्णप्रसाद भट्टराईको जन्म पिता संकटाप्रसाद र माता ललितादेवीका कान्छा छोराका रूपमा वि-सं १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको हो । गोर्खा दरबारमा पुरोहित यज्ञेश्वर भट्टराईका छोरा पति भट्टराई पृथ्वीनारायण शाहसँग काठमाडौं आएर दरबारमा नै पुरोहित भई बसे। भट्टराई खलकको सन्तति परम्परामा क्रमशः विष्णुहरि, कृष्णलाल, मेदिनीधर, कमलकान्त, विश्वनाथ हुँदै पछिल्लो पुस्तामा संकटाप्रसाद भए। संकटाप्रसादका चार भाइ छोरा― बटुकप्रसाद, नारायणप्रसाद, गोपालप्रसाद र कृष्णप्रसाद थिए। यी चार मध्येका कान्छा छोरा हुनुहुन्थ्यो कृष्णप्रसाद भट्टराई ।

राणा प्रधानमन्त्री वीर समशेरको वक्रदृष्टिमा परेका पं। विश्वनाथ भट्टराई सपरिवार बनारस निर्वासनमा गएपछि उनी त्यहींबाट बिहारको रामनगर राज्यका राजाका पुरोहित बन्न पुगे। उनका छोरा संकटाप्रसाद पनि तिनै रामनगर रामराजाका पुरोहित थिए। यिनका चारै भाइ छोराहरू भने बनारसमा बसेर अध्ययन गर्दथे। त्यहींबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए। दाइहरूको प्रभावले कान्छा कृष्णप्रसाद राजनीतिमा झन अगुवा हुन पुग्नुभयो ।

भट्टराई सन १९४२ को अङ्ग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी भएर पहिलो पटक अङ्ग्रेज सरकारबाट पक्राउ पर्नुभएको थियो ।  सन् १९४५ मा बनारस हिन्दु युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीहरू बीच राजनीतिक चेतना फैलाउने काममा भट्टराई सक्रिय रहनुभयो । त्यसपछि नेपालको निरङ्कुशतन्त्र हटाउन आन्दोलन गर्नुपर्ने सम्बन्धमा छलफल हुन थाले।

बीपी कोइराला र अन्य केही तात्कालीन युवाहरू पहिलेदेखि नै संगठनमा लागेका थिए। नेपालको १०४ वर्ष लामो निरङ्कुश राणातन्त्र समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि-सं- २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहनुभएका भट्टराईले वि-सं २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा संगठन मन्त्रीको पद सम्हाल्नुभएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर वि-सं २००६ चैतमा नेपाली कांग्रेस गठनपछि भट्टराई सहमहामन्त्रीको पदमा पुग्नुभयो । उहाँले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गर्नुभएको थियो । प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष हुनुभएका भट्टराईले २०१६ सालमा प्रतिनिधिसभाका सभामुखको पदको दायित्व वहन गर्नुभएको थियो ।  २०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदैगरेको तरुणदलको सभास्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै तरुणदलको अधिवेशन स्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुपर्यो। त्यसपछि पनि पटक९पटक जेल पर्नुभएका भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय जेलमै बिताउनुपरेको थियो। एक दशक लामो जेल जीवनबाट मुक्त हुनेवित्तिकै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घ स्थापना समारोहको उद्घाटन गर्ने भट्टराईले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान दिनुभएको छ ।

२०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाउनुभयो ।  बीपीको निधनपछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित हुनुभएका भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापतिकै रूपमा रहेर नेपाली काङ्गेसको नेतृत्व सञ्चालन गर्नुभयो । नेपाली कांग्रेसको आठौं महाधिवेशन २०४८ बाट सर्वसम्मतिबाट सभापतिमा निर्वाचित गरेपछि उहाँले २०५३ सम्म सभापतिको पद सम्हाल्नुभयो ।

भट्टराईको १७ वर्षे सभापतित्वकालमा २०४२ को देशव्यापी सत्याग्रह सम्पन्न भयो। २०४६ को जनआन्दोलन घोषणा भएको क्षेत्रपाटी सम्मेलनको सभापतित्व पनि उहाँले नै गर्नुभएको थियो ।  त्यस जनआन्दोलनको पार्टी सभापतिका रूपमा नेतृत्व गर्ने भट्टराई प्रजातन्त्र पुनर्स्थापना भएपछि पहिलो अन्तरिमकालीन प्रधानमन्त्री बन्नुभयो ।  तोकिएको एक वर्ष भित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गराएर संवैधानिक राजा र जनताद्वारा आफूलाई सुम्पिएको काम सफलताका साथ पूरा गर्नुभयो उहाँले ।  २०४८ को चुनावमा उहाँ पराजित हुनुभयो ।

२०१५ मा गोर्खाबाट र २०५१ मा काठमाडौं क्षेत्र नं- १ बाट निर्वाचनमा भाग लिँदा पनि उहाँ पराजित हुनुभएको थियो ।  भट्टराईले नेपाली कांग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, सुवर्ण शम्शेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गर्दै आउनुभयो ।

अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङ्कल्प बोकेर करिब डेढ दशक जेल जीवन बिताउने भट्टराईले निर्वासनचाहिं कहिल्यै रुचाउनुभएन ।

पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उहाँकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली कांग्रेस प्रजातान्त्रिकका रूपमा अर्को पार्टी गठन भयो। यसबाट भट्टराई ज्यादै चिन्तित बन्नुभयो । पार्टी विभाजनको त्यस घटनापछि एक प्रकार उहाँ मौन बस्नुभयो । २ खेमामा विभाजित नेपाली काँग्रेसलाई एकिकरण गर्ने कार्यमा उहाँले ठूलो भूमिका निभाउनुभएको थियो । दुई कांग्रेस मिले कांग्रेसले गणतन्त्र स्वीकारेपछि पार्टी र पदप्रति उहाँको कहिल्यै मोह जागेन ।

राजतन्त्रबारे भनें उहँको छुट्टै मत रहेको थियो। जनआन्दोलनपछि पनि उहाँ तत्कालै राजा हटाउने पक्षमा हुनुहुन्नथ्यो ।  यद्यपि गणतन्त्रको स्थापना पश्चात् उहाँ यस विषयमा मौन नै रहनुभयो ।  आफ्नो ८७ औं जन्मदिन भव्यरुपमा मनाउनुभएका भट्टराईलाई पार्टीका नेतादेखि कार्यकताएले साथ छाडे । त्यसपछि उहाँको निधन भयो । तर, बिस बर्षभन्दा अघिदेखि उहाँको सेवा गर्दै आउनुभएकी अमिता कपालीले अन्तिमसम्म उहाँको साथ  दिनुभएको थियो । आज कसुनजीको जन्मजयन्ती यस अवसरमा सबैलाई उहाँको निष्ठाको राजनीतिलाई ग्रहण गर्नु राम्रो होला ।

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्