Logo
३ आश्विन २०८१, बिहीबार
(December 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सभापतिमा लड्ने शेखर कोइरालाको संकेत

विराटनगर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गरेका छन् । विराटनगर स्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पारे ।

प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा हारका जिम्मेवारी कसले लिने भन्ने विषयमा विवाद भैरहदा कोइरालाले छलफलका लागि केन्द्रीय समिति वैठक बोलाउन माग गरेका हुन् । उनले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिए । उनले अब पार्टीको सङ्गठन टोल–टोलसम्म पु¥याउनुपर्ने बताए ।

पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आफू निर्वाचनमा पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उनले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने बताए । पत्रकारको जिज्ञासामा उनले काँग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुने स्पष्ट पारे । पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा भने, “आपूm राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक हो ।”

प्रकाशित मिति: Dec 22, 2017

प्रतिक्रिया दिनुहोस्