Logo
३ आश्विन २०८१, बिहीबार
(December 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ दल बैठक : संवादहिनता टुट्यो तर निष्कर्ष निस्केन

काठमाडौं : लामोसमयदेखि दलहरुवीचको संवादहिनता तोड्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रमुख पाँच दलको बैठक बोलाए । राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशको विषय पेचिलो बन्दै जाँदा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, सुवास नेम्वाङ, माधवकुमार नेपाल, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कांग्रेसबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, संघीय समाजवादी फोरमबाट उपेन्द्र यादव, राजपाबाट महन्थ ठाकुर लगायतका नेताहरु सहभागी रहे ।

उनीहरुबीच संबाद त भयो तर कुनै सहमति जुट्न सकेन । बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसम्म पुगिसकेको अध्यादेशलाई पारित गर्नका लागि सघाउन अन्य दलसमक्ष आग्रह गरेका थिए ।
नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले भने सो अध्यादेश फिर्ता लिई सहमतिमा अर्को अध्यादेश लैजान आग्रह गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दलहरुबीच सहमति जुट्न नसकेको बताए । कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठन नभईकन प्रतिनिधिसभाले पूर्णता नपाउने सञ्चारकर्मीलाई बताए । विवाद समाधानका लागि छलफललाई निरन्तरता दिने बैठकबाट बाहिरिएका नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: Dec 22, 2017

प्रतिक्रिया दिनुहोस्