Logo
२३ भाद्र २०८१, आईतबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् एमालेबाट समानुपातिक सांसद् बन्नेहरु (नामवली सहित)

काठमाडाैं : प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिट जितेर पहिलो पार्टीको बनेको नेकपा –एमाले समानुपातिकतर्फ पनि ठूलो दलबनेको छ । समानुपातिकमा पनि एमाले कांग्रेसलाई १ सिटले जितेर पहिलो पार्टी बनेको हो । एमालेमा अब समानुपातिक सांसद् बन्न दौडधुप सुरु भएको छ । तर, एमालेका ४ जनामात्र पुरुष सांसद् समानुपातिकमा सांसद् बन्न पाउने भएका छन् ।

समानुपातिकका १ सय १० सिटमध्ये एमालेले ४१ सिट ल्याएको छ । जसअनुसार प्रतिनिधिसभाको २ सय ७५ सिटमध्ये एमालेले १ सय २१ सिट पाउने भएको छ । संविधानको प्रावधानअनुसार हरेक पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर ३३ प्रतिशत महिलालाई पठाउनुपर्ने हुन्छ । प्रत्यक्षमा एमालेले जितेको ८० सिटमध्ये दुई जनामात्रै महिला सांसद् बन्न सफल भएका छन् । १ सय २१ को ३३ प्रतिशत ४० हुन्छ । समानुपातिकका ४१ मध्ये ३७ सिटमा एमालेले महिला पठाउनुपर्ने हुन्छ ।

एमालेले समानुपातिक सूचीमा बुझाएको नाममा पुरुषहरुको नाम अग्रपंक्तिमा छ। विजय सुब्बाको नाम पहिलो नम्बरमा छ भने दोस्रोमा खगेन्द्र राईको छ । त्यस्तै केशवलाल श्रेष्ठ, अइन्द्रसुन्दर नेम्वाङ, चुडादेवसिंह लामा घिसिङ, तीलककुमार मैयाङ्बो, एकबहादुर राना, मणि लिम्बु, सोनाम ग्याल्जेन शेर्पा, झगबहादुर थापा मगरलगायतको नाम अगाडि छ। तर, यीमध्ये बढीमा २ जनामात्र सांसद् बन्न पाउनेछन् ।

महिलाहरुबाट थममाया थापा मगर, शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नवीना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे लगायतको नाम अगाडि छ। जसअनुसार उनीहरु समानुपातिकतर्फबाट सांसद् बन्ने लगभग पक्कापक्की जस्तै छ ।

त्यस्तै विनादेवी बुढाथोकी मगर, रणकुमारी मगर, माइली तामाङ, मेनचुङ लामा, कमला थापा मगर, दीलकुमारी राई, तारादेवी गुरुङको नाम पनि समानुपातिकको अग्रपंक्तिमा छ। मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, पुष्पराज कँडेल, देवराज घिमिरे, दिनेशचन्द्र देवकोटाको नाम भए पनि उनीहरुको सम्भावना छैन । राधा ज्ञवाली, सीता गिरी ओली, निरु पाल, गोमा देवकोटा, बिन्दा पाण्डेलगायतको नाम भने पछाडि छ ।

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्