Logo
३ आश्विन २०८१, बिहीबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद बन्दै रामकुमारी झाँक्री र नविना लामा

काठमाडौं : एमाले युवा नेतृ हुन् रामकुमारी झाँक्री र नविना लामा अब सांसद बन्ने भएकी छन् । एमालेको कोटाबाट उनीहरु समानुपातिक निर्वाचन प्रणली मार्फत सांसंद बन्न लागेका हुन् । प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकतर्फ ४१ सिट पाउने भएको छ । जसमा ३९ महिला र दुई पुरुष सांसद बन्दै छन् ।

एमाले केन्द्रीय सदस्य समेत रहेकी झाँक्री एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी पूर्व अध्यक्ष हुन् भने नविना अनेरास्ववियुकी अध्यक्ष हुन् । दुवै नेतृ एमालेको समानुपातिक सूचिमा परेका छन् ।

झाँकी अनेरास्ववियुकी पहिलो महिला अध्यक्ष हुन् । अनेरास्ववियुकी दोस्रो महिला अध्यक्ष नविना भने झाँकी भन्दा भाग्यमानी ठहरिएकी छिन् । जो अध्यक्ष भएकै बेला सांसद् बन्दै छिन् । #फाइल तस्बिर

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्