राजनीतिमा अब भय-त्रासको दिन गए : अरगरिया
जनकपुुरधाम : धनुषा क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उमाशंकर अरगरियाले धनुषामा भय-त्रास देखाएर राजनीति गर्नेको समय समाप्त भएको बताएका छन् ।
जनकपुरस्थित मदरसा हनफिया बरकातीयामा विहिवार आयोजना गरिएको सम्मान तथा धन्यवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
संघिय समाजवादी फोरमका नेता समेत रहेका उनले मधेशवादी पार्टीमा लागेका नेता तथा कार्यकर्तालाई कसैले धाकधम्की वा मारपिट गर्यो भने त्यसको जवाफ दिन आफुहरु सक्षम रहेको बताए ।