Logo
३ आश्विन २०८१, बिहीबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताले दिएको जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्छ : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनमार्फत जनताले दिएको जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्ने बताएका छन् । उनले भने । उनले अघि थपे ‘पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा ठूलो आन्दोलन र बलिदान मेरै नेतृत्वमा प्राप्त भयो, त्यसले गणतन्त्र, संघीयता र नयाँ संविधान दियो। मेरै नेतृत्वमा शान्ति सम्झौता भयो। युद्द र शान्ति दुवैको नेतृत्व गर्ने अवसर जनताले मलाई दिए।’

अहिले संविधान र कानूनको फरक व्याख्या देखिए पनि यसको समाधान जनमत अनुसार नै गर्नु पर्ने बताए । ‘राष्ट्रिय एकता र भौगोलिक अखण्डताको प्रावधान बाहेक अरु कुरा जनमतका आधारमा परिमार्जन गर्न सकिन्छ । अध्यक्ष प्रचण्डले संविधान निर्माण र कार्यान्वयनमा पनि आफूले नेतृत्वदायी भूमिका खेलेको बताए । उनले भने, ‘अब नेपालको स्थिरता, विकास र समृद्धिको नेतृत्व पनि मेरै काँधमा आएको छ, त्यो जिम्मेवारी पनि म पूरा गर्छु ।’

शुक्रबार दिउँसो नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन्। हाम्रो दायित्व देशमा स्थिरता र विकासको सपना साकार पार्नु हो। जनमतको सम्मान गरेर अघि बढ्नुपर्छ।’

अध्यक्ष प्रचण्डले भने, ‘हामीले वाम गठबन्धन बनाएर निर्वाचन लड्यौं । जनताले वाम समीकरण र पार्टी एकतालाई अनुमोदन गरेका छन् । अब हामी इमान्दार भएर अघि बढ्नुको विकल्प छैन् ।’  ‘एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाई मात्रै प्राप्त हुन्छ। मलाई त्यस्तो अवसर प्राप्त भयो, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणि छु ।’

 

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्