Logo
४ आश्विन २०८१, शुक्रबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा अप्ठ्यारोमा, गगन सहितका युवा नेता गोप्य भेलामा

काठमाडौं  : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्ने देखिएको छ । कांग्रेसका युवा नेता गगन थापासहितका नेताहरू, देउवाको राजीनामा माग्ने र पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न दबाब दिने भन्दै गोप्य भेलामा जुटेपछि देउवा अप्ठ्यारोमा परेका हुन ।

स्रोतका अनुसार बुधबार मात्रै चुनावमा पार्टी पराजयको समीक्षा गर्न गगन सहितका युवा नेताहरू राजधानीको एक पार्टी प्यालेसमा भेला भएका थिए । सो भेलाले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने नबोलाए आफूहरुले कडा सघर्ष गर्न बाध्य हुने निश्कर्ष निकालेको बुझिएको छ ।

भेला कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा भएको बुझिएको छ । बैठकमा नेताहरू गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराललगायत रहेको बुझिएको छ ।

यसरी पार्टी भित्र सभापतीको राजीनामा र दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरणको अभियान चल्दा अब देउवाले के गर्लान् ? त्यो महत्वको विषय बन्न पुगेको छ ।

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्