Logo
३ आश्विन २०८१, बिहीबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली–प्रचण्डलाई असफल गराउन यी लागे

काठमाडौं : चुनाव अघि एमाले–माओवादीसहितसहित अन्य वाम शक्ति एक हुने प्रणका साथ प्रमुख वाम पार्टिका नेता निर्वाचनमा होमिए । सोही कारण, उनीहरुले जनताको मन समेत जिते । अनि पाए बहुमत, तर पछिल्लो समय एकीकरण गर्नुपर्ने बेला मुख्य पार्टीका नेताहरुलाईनै सो कार्य रोक्न भन्दै दबाब आउने गरेको बुझिएको छ ।

जनताको जनमतलाई अबमुल्यन गर्ने गरी माओवादीका केही नेताहरु वाम शक्ति एक हुन नदिने पक्षमा लागेका हुन ।
एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने गृहकार्य अगाडि बढिरहेका बेला एमालेसँग पार्टी एकीकरण नगर्न माओवादीका केही नेताहरुले केही दिन देखि आन्तरीक रुपमा लबिङ गरिरहेको छन् ।

पार्टी एकीकरणको गृहकार्य अगाडि बढिरहेको बेला माओवादी केन्द्रका नेता विश्वभक्त दाहाल, गोपाल किराती, आहुतीलगायतका नेताले एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने भन्दै आन्तरिक तयारी थालेको बुझिएको छ ।
चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने माओवादी एमालेबीच ६ बुँदे सहमति भएपछि गोपाल किरातीले पार्टी पुनर्गठन गर्ने धम्की समेत दिएका थिए ।

तर दाहालको आग्रहमा किरातीले नोट अफ डिसेन्ट लेख्दै पार्टीमा नै काम गर्दै आएका छन् । यद्यपी माओवादी केन्द्रले नयाँ सरकारअघि नै पार्टी एकीकरणको खाका तयार गरेर मात्र सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन मार्फत जनताले वाम गठबन्धनलाई अनुमोदन गरेकाले पार्टी एकीकरणमा ढिलाइ गर्न नहुने बताउँदै आएका छन् ।

वाम गठबन्धनका शिर्ष नेता प्रचण्ड–ओली दुई पार्टी एकीकरण गर्नमा दबाब बढिरहेको बेला केही नेताले अहयोग गर्दा कतै असर त पर्ने होइन भन्ने चिन्ता छाएको छ ।

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्