Logo
११ मंसिर २०८१, मंगलबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म कतै भुमिगत र फरार छैन : नवराज सिलवाल

काठमाडौं : नेपाल प्रहरीका पूर्व डिआईजी तथा ललितपुर क्षेत्र नं १ वाट नवनिर्वाचित एमालेका प्रतिनिधिसभा सदस्य नवराज सिलवालले आफु कतै फरार नभएको बताएका छन् ।

सिलवालले सरकारले अघि बढाएको अनुसन्धान र मुद्धाको प्रकृयामा भने आपत्ती जनाए । ‘जसले किर्ते गर्यो उसैले छानवीनकाे अनुसन्धान गरेर यथार्थ निस्कर्षमा पुगिन्छ त ?’

उनले आफु कतैपनि भुमिगत र फरार नभएको बताउँदै कागजात किर्तेका दोषी उपर कारबाही गर्नुपर्ने बताए । कागजात किर्ते गर्नेमाथि आफुपनि अनुसन्धानकै पक्षमा रहेको उनले बताए ।

ललितपुरको चापागांउमा रहेका सिलवालले भने, ‘म कतै भुमिगत भएको छैन, फरार पनि छैन, सर्बोच्चको फैसला अनुसार कागजात किर्ते गर्नेमाथि कारबाही हुनुपर्दछ भन्ने पक्षमा छु ।’

 

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्