Logo
४ आश्विन २०८१, शुक्रबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवराज सिलवाललाई पक्राउ गरि कीर्ते मुद्दा चलाउने तयारी

पूर्व DIG नवराज सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दार्ता भएपछि अनुसन्धान सुुरु भएको हो । प्रहरीले पूर्वडीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सासंद सिलवालमाथि जाहेरी दर्ता भएपछि अनुसन्धान सुरु गरेको हो ।

सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पाद मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनाएपछि पुनः असन्तुष्ट बन्दै सिलवाल फेरि सर्वोच्च गएका थिए । तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार ग¥यो ।

आईजीपी बन्न नपाएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । उनी सांसद बन्न पाउँदा नपाउँदै सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक गर्‍यो, जसमा सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न आदेश दिइएको छ । सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि प्रहरीले सिलवालमाथि सरकारी कागज कीर्तेमा जाहेरी गर्दा गर्दै अनुसन्धान थालेको हो । अब सिलवाल पक्राउ परेमा २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनु पर्नेछ र त्यसपछि मुद्दा दायर हुनेछ, एक प्रहरी अधिकारीले बताए ।

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्