Logo
२३ भाद्र २०८१, आईतबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिज्ञापन बजारबाट अब कृष्ण म्युजिक भिडियोमा व्यस्त

काठमाडौं : अर्घाखाँची बलकोट–३ मा जन्मिएका कृष्ण सापकोटा हिजआज म्यूजिक भिडियोमा अभियन गर्न व्यस्त देखिन्छन् । सानै उमेरदेखि कलाकारीतालाई आफ्नो पेशा बनाएका सापकोटा हिजआज अभिनयमा व्यस्त भएका हुन । सापकोटा अरु कलाकार भन्दा निकै फरक रुपमा पनि चिन्न सकिन्छ । उनी एक कलाकर मात्र नभई रचनाकार, गायक र हास्य पात्रको रुपमा पनि चिनिएको छ ।

उनले दर्जनौं गीत रचना समेत गरेका छन्, जसमा चर्चितका रुपमा यो हृदयमा तिम्रै बास छ, मायाले भोली भन्दै टायो, पागल हुन्छु कित मर्छु, प्रदेशीको जुनी, घादिङ बजार, पापी मान्छे, मर्ने चोला र सारंगीको धुन लगायतका गीतहरु रहेका छन् । लगभग ७० वटा भिडियोमा समेत मोडलिङ गरि सकेको सापकोटा विशेष गरेर लोक दोहोरी गीतमा देख्न सकिन्छ भने मुम्बाई बसाईको समयमा प्रेसर कुकर, राईस कुकर, डेरी मिल्क, पोट्याटो चिप्स लगायतका आधा दर्जन बिज्ञापनमा पनि देख्न सकिन्छ ।

त्यस्तै, पछिल्लो समयमा भने भारतीय गीतमा समेत मोडलिङ गर्ने भ्याई सकेको सापकोटा, लोक र सस्कृती लाई माया गरिरहने मिलनसार मेहनेतीका रुपमा सुपरिचित छन् । यस्तै, उनी आफ्नै जन्मथलो अर्घाखाँचीलाई समेटेर आफ्नै रचनाकार एंव स्वरमा चाँडै बजारमा ल्याउने तयारीमा रहेका छन् ।

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्