Logo
३ आश्विन २०८१, बिहीबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रमा प्रवेश गर्ने जितेन्द्र देवको तयारीमा

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जितेन्द्र देव नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने अन्तिम तयारीमा जुटेका छन् । नेपाल लोकतान्त्रिक फोरममा हुँदा नि नेता देव माओवादी केन्द्रमा प्रवेश गर्ने मनशायमा थिए । तर उनले मन्त्री पद जोगाउनको लागि त्यतिवेला पार्टी परित्याग नगरेको स्रोतको दाबी छ ।

मन्त्री देव निकट उच्च स्रोतका अनुसार पार्टी प्रवेश गर्नेबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लो समय लगातार भेटवार्तामा व्यस्त छन् । तर अहिले उनको पार्टी कांग्रेसमा विलय भएपछि उनको भूमिका त्यति नहुने बुझेपछि अहिले कांग्रेस छोडेर माओवादीमा प्रवेश गर्ने भएका हुन् । हुन त उनी पहिल्यैदेनि नै लेफ्टिस्ट हुन् ।

यसबारे प्रतिकृया लिन खोज्दै उनले घुमाउरो तरिकाबाट स्वीकार गरेका छन् । ‘राजनीतिमा छु आफ्नो भविष्यबारे चिन्तन गर्नु स्वाभिक नै हो तर अहिले नै केहि भन्न सकिन्न कुनै निर्णय लिदा आखिर सबैलाई जनाएर नै लिने हो’ उनले भने ‘अहिले तत्कालै तयस्तो कुनै योजना छैन ।’

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्