राजधानीमा गोली चल्यो, एक महिला घाइते
काठमाडौं: राजधानीको टोखामा गोली चलेको छ । गोली लागेर एक महिला घाइते भएकी छिन् । गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिवेस लोहनीका अनुसार महाशाखाको टोलीसमेत घटनास्थलतर्फ गएको छ । गोली जंगलबाट चलेको बताइएको भए पनि घटनाको थप विवरण आउँन बाँकी छ । घाइते महिलालाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएको छ।