Logo
२१ पुस २०८१, आईतबार
(December 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकलसंक्रमणीय मतका आधारमा राष्ट्रियसभाको निर्वाचन : पौडेल

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभालाई नियन्त्रण र संतुलनको केन्द्र बनाउनका लागि एकलसंक्रमणीय मतका आधारमा राष्ट्रियसभाको निर्वाचन भएमात्र संभव हुने बताएका छन् । उनले नेकपा एमालेले प्रक्रिया र पद्दतीलाई स्वीकार गर्ने भन्दा पनि राष्ट्रपतिलाई अनावश्यक दबाब दिएर मुलुक चलाउन खोजेको आरोप लगाए । आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद दिनक्रममा तनुहँका विभिन्न कार्यक्रम रहेका पौडेलले एमालेले मुलुकमा पद्दतीको विकास गर्ने भन्दा पनि सधै पद्दतीलाई भत्काउन लागेको टिप्पणी गरे ।

पौडेलले राष्ट्रिसभा भनेको प्रतिनीधिसभा भन्दा पनि जिम्मेवार संस्था भएको उल्लेख गर्दै राष्ट्रियसभालाई नियन्त्रण र संतुलनको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।  उनले  भने  –‘राष्ट्रियसभा भनेको प्रतिनीधिसभाबाट भएको त्रुटीहरुलाई पनि सच्याउन सक्ने र प्रतिनीधिसभाको असंतुलनलाई संतुलन कायम गर्न सक्ने संस्था बनाउनुपर्छ । बहुमतिय आधारमा निर्वाचन गरेर त्यो संतुलन र नियन्त्रण गर्ने संस्था बन्न सक्दैन् ।’

नेता पौडेलले दरवारिया र कम्युनिष्ट शक्ती नेपालका लोकतन्त्रका लागि सधै अफबसिद्ध भएको भन्दै संसदीय लोकतन्त्र नभएको धेरै मुलुकमा अधिनायकवादको जन्म भएको तर्क गरे । उनले दरवारियार कम्युनिष्टहरुबाट सधै लोकतन्त्रप्रति घात भएकाले आम नेपालीले सचेत हुनुपर्ने बताए । पौडेलले आफ्नो निर्वाचन क्षेत्र तनहुँ क्षेत्र नम्बर एकको सिम्पानी, ¥याले, पोखरीछाप, सम्जुर, बाँके, तल्लो सम्जुर, पर्केपसल, टुहुरेपसल सेता बंगैचा नारेसेटार, भन्सार लगायतका ठाँउमा पुगेर मतदातालाई धन्यवाद दिए । पौडेलले नेपाली कांग्रेसको एउटा मात्रै लक्ष्य नेपाली जनताको आर्थिक उन्नती भएकाले कांग्रेसले गाँउ गाँउसम्म बाटो विजुली, शिक्षा, स्वास्थ्य संचारको विकासलाई महत्व दिएको बताए ।

पौडेललाई अधिकांश ठाँउमा कार्यकर्ताहरुले तनहुँमा कांग्रेस हारेको नभई हराइएको भन्दै दोषिहरुलाई कारवाही गर्नुपर्ने माग गरेका थिए । मतादातालाई धन्यवाद दिने कार्यक्रममा प्रदेशसभाका उम्मेदवार तथा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रतिनीधिसभाका समनुपातिक तर्फका उम्मेदवार पूर्णबहादुर गुरुङ, प्रदेशसभाका समानुपातिक उम्मेदवार सरिता गुरुङ , तमुसमाजका अध्यक्ष देवबहादुर गुरुङ लगायतको सहभागिता थियो ।

प्रकाशित मिति: Dec 19, 2017

प्रतिक्रिया दिनुहोस्