Logo
३ आश्विन २०८१, बिहीबार
(December 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विजयकुमार गच्छदारले जवाहरलाल नेहरुसँग गरे आफ्नो तुलना

काठमाडौं : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग तुलना गरेका छन् । लगातारको जीत पछि उनको सम्मानमा राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले भारतीय नेता जवाहरलाल नेहरु र राम मनोहर लोहियासँग तुलना गरेका हुन् ।

हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा सुनसरी ३ बाट विजय हुँदै गच्छदारले अपराजित यात्रा जारी राखेका छन् । उपप्रधान एवं स्थानिय विकास मन्त्री समेत रहेका गच्छदारले नेपाली राजीतिमा आफूले बनाएको छबि ५० वर्षसम्म कुनै थारुले गर्न नसक्ने बताए ।

उनले आफूले बनाएको इतिहास आजका युवाहरुले जगेर्ना गर्नुपर्ने बताए । ‘लागतार मैले यो छैटौं चुनाव जितेको हुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नो जित यात्रा कायम राख्नुभएको छ । जुन भारतको पार्लिमेन्ट्री हिस्ट्रीमा जवाहरलाल नेहरु र राम मनोहर लोहियालगायतले गर्नुभएको छ,’ कार्यक्रममा उनले भने ।

 

प्रकाशित मिति: Dec 19, 2017

प्रतिक्रिया दिनुहोस्