Logo
३ आश्विन २०८१, बिहीबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीमाथि लागेको अभियोग प्रमाण पेस गर्न आदेश

नागरिक टाइम्स, काठमाडौँ : सर्वोच्च अदालतले कैलालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीमाथि लागेको अभियोगलगायतका कागजात पेस गर्न आदेश दिएको छ । गत वर्ष कैलालीमा ८ जनाको ज्यान जाने गरी भएको घटनामा प्रहरीले चौधरीलगायतलाई प्रतिवादी बनाए छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले चौधरीविरुद्ध लागेको ज्यान मुद्दाको कागजात पेस गर्न आदेश दिएको हो । मुद्दा दायर भएपछि फरार रहेका उनी राष्ट्रिय जनता पार्टीको उम्मेदवार बनेर कैलाली १ बाट निर्वाचित भएका हुन् ।

वारेसमार्फत प्रमाणपत्र लिने उनको प्रयासलाई निर्वाचन अधिकृतले अस्वीकार गरेपछि चौधरीले सर्वोच्च अदालतमा रिट दर्ता गराउने प्रयास गरेका थिए । मुख्य रजिस्ट्रारले रिट दर्ता गर्न अस्वीकार गरेपछि उनले त्यसविरुद्ध निवेदन दिएका हुन् ।

प्रकाशित मिति: Dec 19, 2017

प्रतिक्रिया दिनुहोस्