Logo
९ मंसिर २०८१, आईतबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोल र डिजेलको मूल्य निगमले फेरि बढायो

काठमाडौं : नेपाल आयल निगमले मंगलबार दुई प्रकारको इन्धनको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीको आधारमा निगमले बुधबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजन पश्चात अब पेट्रोलको मूल्य प्रति लिटर एक सय एक रुपैयाँ तथा डिजेलको मूल्य ७८ रुपैयाँ कायम गरिएको छ । अन्य प्रकारका इन्धनको मूल्य भने समायोजन भएको छैंन् ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार आईओसीले अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको मूल्यको आधारमा डिसेम्बर १६ मा पठाएको नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य समायोजन गरेको हो । यसअघि लामो समय पश्चात् गत् मंसिर २२ गते सबै प्रकारको इन्धनको मूल्य समायोजन भएको थियो ।

मूल्य समायोजन पश्चात पेट्रोलको प्रति लिटर सय, डिजेल र मट्टितेलको प्रति लिटर ७७ र खाना पकाउने ग्यासलाई प्रति सिलिण्डर एक हजार तीन सय ५० रुपैयाँ कायम गरिएको थियो ।  यसैगरी आन्तरिक उडानतर्फको हवाई इन्धनलाई प्रति लिटर ८७ रुपैयाँ र अन्तराष्ट्रिय उडानतर्फको हवाई इन्धनतर्फ आठ सय ५० युएस डलर प्रति किलोलिटर कायम गरिएको थियो ।

प्रकाशित मिति: Dec 19, 2017

प्रतिक्रिया दिनुहोस्