त्यत्तिकै सत्ता छाड्न सकिन्न, सरुवा-बढुवा पनि हुन्छ : सञ्चारमन्त्री
नागरिक टाइम्स,
काठमाडौँ : वाम गठबन्धनले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरिरहेको बेला सरकारले राष्ट्रिय सभाको गठनपछि मात्रै सत्ता सुम्पने स्पष्ट पारेको छ । कानुनअनुसार समानुपातिकतर्फ प्रतिनिधी र प्रदेशसभाको सिट बाँडफाड गरि व्यक्ति एकिन भएपछि सरकार गठनको प्रक्रिया शुरु हुने उनले बताए । वर्तमान सरकार कानुनी जटिलता निम्त्याएर सरकारको आयु लम्व्याउने पक्षमा नभएको समेत उनको दाबी थियो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सरकारले अत्यावश्यक ऐन मानि पेश गरेको अध्यादेशलाई राष्ट्रपतिले स्विकृत गरेपछिमात्रै सत्ता हस्तान्तरण गर्न वातावरण बन्ने बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले अध्यादेश रोकिँदा प्रतिनिधि र प्रदेशसभा निर्वाचन ऐन पूर्ण रुपमा कार्यन्वयनमा आउन नसकेको भन्दै संविधानको धारा ८४ र ८६ अनुसार राष्ट्रिय सभा गठन नभई सरकार छोड्न नसकिने बताए ।
सम्पन्न निर्वाचन पछि बिपक्षी दलमा अहंमता बढेको आरोप समेत लगाए ।सरकार कामचलाउ बनेकोले सरुवा बढुवा तथा नियुक्त नगर्न विपक्षीको कडा चेतावनीलाई चुनौती दिदैं बस्नेतले वर्तमान सरकार रहुन्जेल नियुक्ति, सरुवा तथा बढुवा जारी रहने बताए । विगतमा सरकारले राजिनामा दिएर पनि नियुक्तिहरु भएको जिकीर गर्दै बस्नेतले यो सरकार कामचलाउ नभएको दाबी गरे ।
प्रत्यक्षको तर्फको नतिजा हेरेर अबधारणा बनाउनु एकांकी हुने सरकारको दावी छ । सरकारको पक्षबाट पेस गरिएको अध्यदेशलाई दुई महिना अघि देखि राष्ट्रपतिले रोकिराखेको प्रति दुखेसो पोख्दै उनले राष्ट्रपति दलिय अनुकुलतामा प्रयोग गर्ने दुस्प्रयासको आभास भएको बताए ।