Logo
३ आश्विन २०८१, बिहीबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको गृह-प्रदेश गुजरातमा राहुल गान्धीको कडा टक्कर

काठमाडौं : भारतको दुईओटा प्रदेशमा भारतिय जनता पार्टीले नै सरकार बनाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरात सहित हिमाञ्चलमा भाजपाले सरकार बनाउने भएको हो । मतपरिणाम अनुसार भाजपाले बहुमत पाए पनि भारतिय कांग्रेसले भने कडा टक्कर दिएको छ ।

गुजरातमा १८२ सिट र हिमाञ्चल प्रदेशमा ६८ सिटका लागि निर्वाचन सम्पन्न भएको थियो । पछिल्लो मत परिणामअनुसार गुजरात विधानसभाका कुल १८२ सिट मध्ये सत्तारुढ भारतीय जनता पार्टी भाजपा ले १०८ स्थानमा अग्रता लिएको छ । प्रतिपक्षी दल भारतीय कांग्रेस ७३ स्थानमा अगाडि छ ।

गुजरातमा भाजपा विगत २२ वर्षदेखि लगातार सत्ता सम्हाल्दै आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै हिमाञ्चल प्रदेशका कुल ६८ सिटमा भाजपाले ३५ स्थानमा र कांग्रेसले २१ स्थानमा अग्रता लिएका छन् । हिमाञ्चल प्रदेशमा पछिल्लो पाँच वर्षदेखि कांग्रेसको सरकार छ ।

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्