Logo
४ आश्विन २०८१, शुक्रबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युद्धकालमा धेरै माओवादी कार्यकर्ताको ज्यान मैले बचाइदिएको हो : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वको बेला माओवादीका धेरै नेता कार्यकर्ताको ज्यान आफूले बचाइदिएको दाबी गरेका छन् । आफूलाई बधाई दिन निवासमा पुगेका माओवादी युवा संगठन वाइसिएलका पदाधिकारीहरुलाई ओलीले माओवादी जनयुद्धप्रतिको आफ्नो बिगतको टिप्पणी सिद्धान्तमा आधारित रहेको समेत प्रष्ट पारेका छन् ।

२०२८ सालमा झापा विद्रोहका बेला आफूहरुले पनि हिंसात्मक आन्दोलन थालेपनि मारकाटबाट राजनीति बदलिँदैन भनेर त्यसैबेला त्यस्तो बिचार त्यागेको ओलीले बताए । ओलीले आफ्नो बानी ‘शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने’ प्रकारको भएको वाइसिएल नेताहरुलाई सुनाए ।

वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा नेतृत्वको टोलीलाई पार्टी एकताप्रति आफ्नो प्रतिबद्धता र नियतमा शंका नगर्न भन्दै ओलीले पार्टी एक बनाउन प्रचण्ड र आफू उत्तिकै गम्भिर रहेको बताए । ओलीले भने, ‘कहिले सेनापतिलाई आग्रह गरेर, कहिले आइजीलाई, कहिले गृहमन्त्रीलाई आग्रह गरेर थुप्रै माअ‍ोवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु । बिचार र बाटो सही वा गलत केहो भन्ने बहस गरौंला तर मान्छेको ज्यानै मार्नु हुन्न भन्ने मेरो मान्यता त्यो बेला पनि थियो ।’

वाइसिएलका नेताहरुले ओलीलाई छिटोभन्दा छिटो पार्टी एकता गर्न आग्रह गरेका थिए । ओलीले पार्टी एकता हुँदा कोही नेतालाई म समितिमा पर्दिन कि भन्ने चिन्ता होला भन्दै त्यस्तो चिन्ता नगरी देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुन आग्रह गरे ।

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्