Logo
११ मंसिर २०८१, मंगलबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारभित्र कर्मचारीले नै गर्न थाले चोरी

काठमान्डै : देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पछिल्लो समय चोरीको घटनाहरु बढ्दै गउका छन् । शुक्रबार सिंहदरबारभित्र पार्किङ्ग गरी राखिएका गाडीको टायर शनिबार चोरी भएको छ । उक्त गाडीको टायर त्यहीको कर्मचारीले नै चोरी गरेको खुलासा भएपछि सिंहदरवारभित्रका कर्मचारी पनि चोखो रहेनन् भन्ने कुराको उजागर भएको छ ।

सिसिटिभीको आधारमा अनुसन्धान गरी चोरी घटना पत्ता लागेको हो । चोरी भएका टायर बरामद गरी चोरीमा संलग्न सरकारी चालकमाथि प्रहरी अनुसन्धान अघि बढाइएको छ । चोरी भएका चारैवटा टायर प्रहरीले शंखमूलस्थित बाराही टायर सेन्टरबाट बरामद गरेको छ ।

‘चोरी भएका चारै वटा टायर ग्यारेजमा भेटिसकेका छौं’, ‘चोरी गर्ने व्यक्ति पनि पत्ता लागिसकेको छ, र हामी छिटै पक्राउ गर्ने क्रममा छौं ।’ सिंहदरबारस्थित सुरक्षा गणका डिएसपी प्रेम जोशीले बताए । चोरी गर्ने व्यक्ति सिंहदरबारभित्रै काम गर्ने चालक भएको अनुसन्धानमा खुलेको छ ।

स्थानीय विकास मन्त्रालयको परिसरमा रहेको टोयोटा हाइलक्स गाडीको चार वटै टायर चोरी भएका हुन् । डिएसपी जोशीका अनुसार, शनिबार साँझ टायर चोरी गरेको र आइतबार बिहान लगेर ग्यारेजमा बिक्री गरेको खुलेको छ । ग्यारेजका सञ्चालकलाई समेत प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।

सिंहदरबारमा विगतमा पनि पटक-पटक चोरी हुँदै आएको छ । पाँच वर्षअघि एक उपसचिव नै सिंहदरबारभित्र चोरीको आरोपमा कारबाहीमा परेका थिए ।

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्