Logo
१७ कार्तिक २०८१, शनिबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्यामीको काम गर्न लगाएपछि म्यादी प्रहरीको आन्दोलन

दोलखा : दोलखामा कार्यरत म्यादी प्रहरी श्रम शोषण र पारिश्रमिकमा विभेद गरिएको भन्दै आन्दोलित भएका छन् । पारिश्रमिक र खानामा विभेद गर्दै जिल्ला प्रहरी कार्यालयले सुरक्षामा खटिने म्यादीलाई ज्यामीको काम समेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । खाना खुवाए वापत प्रहरी जवानहरुबाट प्रतिछाक ६० रुपैयाँ काटेको जिप्रकाले म्यादीबाट भने ९५ रुपैयाँ प्रतिछाक पैसा काटिदिएको गुनासो उनीहरुले गरेका छन् । त्यसैगरी महिला म्यादीहरुमाथि दुव्र्यवहार गरिएको गुनासो पनि उनीहरुको छ ।

सदरमुकाम चरिकोटमा सोमबार आन्दोलित बनेका म्यादीमाथि प्रहरीले लाठी चार्ज पनि गरेको छ । त्यसक्रममा म्यादी प्रहरी संगीता नेपालीसहित सातजना घाइते भएका छन् । घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । म्यादीहरुका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ ।

जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई पर्खाल लगाउनेसहितका ज्यामी काम लगाएको बताइएको छ । आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७ सय ५० जना म्यादीहरु सडकमा उत्रेका थिए । भेदभावविरुद्ध सडकमा उत्रेर बजार परिक्रमा गर्न खोज्दा प्रहरीले म्यादीहरुमाथि लाठीचार्ज गरेको हो । डिएसपी रवीन कार्कीले वार्तामा बोलाएपछि अहिले जिप्रका परिसरमा दुईपक्षबीच वार्ता भइरहेको छ । #फाइल तस्विर

 

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्