Logo
१९ पुस २०८१, शुक्रबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा फेरि भारतीय जनता पार्टीको सरकार बन्ने

काठमाडौं : हाल सत्तासिन भारतीय जनता पार्टीकै सरकार फेरि भारतमा बन्ने संकेत देखिएको छ । विधानसभाको जरी मत गणनामा भारतीय जनता पार्टीले १०९ सिटमा अग्रता लिएको छ भने कांग्रेसले ६९ स्थानमा अगाडि छ । चार सिटमा अन्य दलले अग्रता लिएको छ ।

१८२ सदस्यीय विधानसभामा सरकार गठनका लागि ८२ सिट चाहिन्छ । ५ वर्ष अघि भएको विधानसभामा भाजपाले १२० सिट जितेको थियो । कांग्रेस ४३ सिटमा समेटिएको थियो ।

यो पटक पनि परीणाम भाजपाकै पक्षमा जाने दखिएको छ । तर, जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले भने जस्तै उसले सोचे जस्तो जित नहुने देखिन्छ ।

सुरुवाति रुझान अन्तिमसम्म कायमै रह्यो भने कांग्रेसका लागि पनि गुजरातको रिजल्ट निकै खराब हुने छैन । किनकी ४३ सिटबाट उसको शक्ति केही माथि जाने छ । तर, सरकार बनाउने अवस्था नहुँदा उसका लागि ऐतिहासिक भने नहुने देखिएको छ ।

ताजा परिणामको लाइभ हेर्नुहोस् ।
स्रोत : ABP News

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्