Logo
११ मंसिर २०८१, मंगलबार
(December 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरजु भन्छिन्-‘मलाई हराउन काँग्रेस नेता नै थिए सक्रिय’

सुरेश महतरा, धनगढी : नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले आफू चुनाव हार्नुको कारण सार्वजनिक गर्नुभएको छ । पराजय भोग्नुपर्ने मुख्यकारण पार्टीभित्रको असन्तुष्टि नै पहिलो रहेको दावी गर्नुभएको छ । कैलालीको धनगढीस्थित निवासमा पत्रकारहरुसँग कुरा गर्दै नेतृ राणाले पार्टीकै नेता–कार्यकर्ताहरुको असहयोगका कारण निर्वाचनमा पराजित भएको हो भन्नुभयो ।

उहाँले काँग्रेस नेता पुष्करनाथ ओझा लगायत आरजु हराउ अभियानमा सक्रिय भएर स्पष्ट पार्दै उहाँले ‘‘पार्टीभित्रको आन्तरिक विवादले गर्दा नेता–कार्यकर्ताहरुले सहयोग नगरेको बताउनुभयो । नेता देउवाको निष्कर्ष सुनाउदै भन्नुभयो हामीले मिलाउन पनि सकेनौं, कैलालीमा रहेको जातीय र भेगीय नाराले पनि समस्या पार्यो ।’’

कैलालीमा रहेका डोटी र अछामका प्रभावशाली नेताले भेगीय नारा लगाएका थिए। जुन आरजुलाई हराउन काफी थियो।
नेतृ राणाले निर्वाचनमा सहभागि भएका सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । नेता रााणले आगामी दिनमा धनगढी बसेर सुदूरपश्चिमको विकासका लागि काम गर्ने बताउनुभयो ।

प्रकाशित मिति: Dec 17, 2017

प्रतिक्रिया दिनुहोस्