हारेपनि मतदातालाई धन्यवाद दिदै कांग्रेस वरिष्ठ नेता पौडेल
काठमाडौं : तनहुँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार भएर पराजित भएपनि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना मतदातालाई धन्यवाद दिन आइतबार र सोमबार निर्वाचन क्षेत्र डुल्ने कार्यक्रम बनाएका छन् । आइतवार र सोमवारका भन्दा थप कार्यक्रम सचिवालयले पनि तय गर्ने जनाएको छ ।
२०४६ सालको परिवर्तनपछि भएका हरेक निर्वाचन विजयी बन्दै आएका पौडेल यस पटक नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसानबाट उनी ६ हजार ८०२ मतले पराजित भएका थिए। पौडेल पुस २ गते आइतबार बिहान ११ बजेदेखि आँबु खैरिनीबाट यात्रा गर्नेछन्। १२ वजे सत्रसय बरादी, १ बजे बिमलनगर, २ बजे डुम्रे, ३.३० बजे नाहाला, ४ बजे देउराली, ४.३० बजे कमलबारीका कार्यक्रममा सहभागी हुनेछन् ।
त्यसैगरी भोलिपल्ट पुस ३ गते सोमबार बिहान ८ बजे बैरेनीबाट यात्रा सुरु गरी ९ बजे व्यास १० खहरे, ९ ३० बजे व्यास ७ कलेस्ती, १० बजे पाथ्रा कलेस्ती, ११ बजे बानिया डि, ११.३० बजे बर्लाची, १२ बजे रिस्ती र २ बजे पुलिमराङ जाने पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।