Logo
३ आश्विन २०८१, बिहीबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझैपनि लाइसेन्सको नयाँ आवेदन खोलिएन

कविता कार्की, झापा : यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नियमित वितरण नगर्दा झापासहित चार जिल्लाका सेवाग्राही मारमा परेका छन् । गत वर्षको जेठमा लिएको लाइसेन्सको परीक्षापछि हालसम्म कार्यालयले आवेदन नलिदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राही मारमा परेका हुन् ।

दिनप्रति दिन सवारीसाधन खरिदबिक्री भए पनि सवारी चालक अनुमति पत्र यातायात व्यवस्था कार्यालय मेचीले वितरण नगर्दा हजारौं सर्वसाधारण लाइसेन्सबिना नै सवारी चलाउन बाध्य छन् । यातायात व्यवस्था कार्यालयले वर्षमा एक दुई पटक मात्र सवारी चालक अनुमति पत्र वितरणका लागि आवेदन माग गर्दा ५० हजार बढीले आवेदन गर्ने गरेका छन् ।

यातायात व्यवस्था कार्यालय मेचीका सूचना अधिकारी टंकबहादुर कार्कीले जनशक्ति अभावमा नियमित रुपमा लाइसेन्सको आवेदन खुल्ला गर्न नसकिएको बताए । लाइसेन्सबिना दिनहुँ गुड्ने सवारी कारबाहीमा पर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको चार महिनामा मात्रै १ करोड १९ लाख ७२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

प्रकाशित मिति: Dec 17, 2017

प्रतिक्रिया दिनुहोस्