Logo
३ आश्विन २०८१, बिहीबार
(December 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतगणना अन्तिम चरणमा : ४ ओटा क्षेत्र मात्र बाँकी

काठमाडौं : मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । मत परिणाम अनुसार, नेकपा एमाले ३१ लाख ३३ हजार २०३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ ।

पछिल्लो विवरण अनुसार, हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार अनुसार ७५ जिल्लाको मतगणना कार्य सकिएको छ भने अब सुनसरीको क्षेत्र नं. ३ तथा सर्लाहीको क्षेत्र नं. २, ३ र ४ मात्रै गन्न बाँकी रहेको छ ।

यस्तै नेपाली काँग्रेसले ३० लाख ७१ हजार ५१२, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ७४ हजार ८८४, संघीय समाजवादी फोरम, नेपालले ४ लाख ६० हजार ८४, राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ४८ हजार ६११ मत ल्याएका छन् । यी दलले थ्रेस होल्ड कटाएका छन् ।

यस्तै विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९८३, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८७ हजार ६०७, नयाँ शक्ति पार्टी, नेपालले ८० हजार ७४४, राष्ट्रिय जनमोर्चा ६२ हजार ४७ र अन्य दलले ३ लाख ४८ हजार ३३५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: Dec 16, 2017

प्रतिक्रिया दिनुहोस्