Logo
१८ पुस २०८१, बिहीबार
(December 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेरबहादुर देउवाले नियुक्त गरेका प्रमुखबाट सपथ लिन्नौंः ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनताले राजीनामा गराइसकेकोले तत्काल सरकार निर्माण प्रक्रियामा अगाडि बढ्न आग्रह गरेका छन् । ओलीले प्रदेश प्रमुख नियुक्त नगर्न सरकारलाई चेतावनी दिए । नभए सपथ लिए उनको चेतावनी छ ।  उनले काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको भन्दै असन्तुष्टि जनाए । ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?’ उनले भने, ‘हामी प्रदेश नियुक्तिलाई मान्दैनौं, हामीलाई स्विकार्य छैन ।’ वाम गठबन्धनले निर्वाचनमा बहमुत ल्याएको बताउँदै उनले थपे, ‘जो पाए त्यहीबाट सपथग्रहण गर्छ कि जनमतले भन्छ ? जनमतले जे भन्छ, त्यही गर्छौं ।’

चुनाव हारेपछि पनि सत्ता हस्तान्तरण गर्न नखोजेको भन्दै उनले देउवाको आलोचना गरे । देउवाले सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनु पर्ने भन्दै उनले भने, ‘खोचे थापेर सरकारको आयु लम्ब्याउनु खोज्नु भनेको सत्तालिप्सा हो ।’ उनले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई खोचे थापेर सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाए । ओलीले भने,‘अब तत्काल सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनुपर्छ, त्यसको विकल्प छैन, उहाँले बाधा, अडचन पैदा गरेर खोचे थापेर सरकारको आयु लम्ब्याउनु खोज्नु भनेको सत्ता लिप्सा हो, यसबाट देउवा मुक्त हुनुपर्छ।’

सरकार गठनको लागि राष्ट्रिय सभा पर्खिनुपर्ने कुरै नभएको समेत ओलीले बताए । प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट शपथ ग्रहण नगर्ने भन्दै सत्ता हस्तान्तरणको बाटो खोल्न आग्रह समेत गरे । ओलीले भने,‘कानुनको खोचे थापेर, बखेडा झिकेर, जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको छ, मर्या्दित संस्थाको अनुचित ब्याख्या र प्रयोग गर्ने कुरा शोभनीय हुँदैन ।’

शनिबार आफ्नै निवासमा आयोजित एक कार्यक्रमा उनले आफूहरु लोकतान्त्रिक अभ्यासबाट आएको उल्लेख गर्दै थपे,‘लोकतन्त्र यदि नेपाली कांग्रेसले हुन नदिने हो भने उसले आफ्नो लिओस्, यसरी पहिले पनि ०६४ मा सरकार बन्ने कुरालाई अत्यन्तै घिनलाग्दो कुराले रोकिदियो, ३-४ महिनासम्म सत्ता हस्तान्तरण नगरेर रोकिदियो, अहिले फेरि त्यस्तै गर्न खोज्दैछ, हारेपछि पनि सरकारमा बसिरहन खोज्ने ? हतारहतार, हारेपछि पनि आफ्ना मान्छे बढि हुनुपर्छ भन्ने, हारेपछि त्यो परिणाम रिफ्लेक्ट नहुने, आग्रहरु रिफ्लेक्ट हुने, संविधानले कहाँ एकल संक्रमणीय भनेर हाम्रा निर्वाचन प्रणालीमा कहाँनिर भनेको छ ? बहुमत ल्याउने निर्वाचित हुने एउटा छ, समावेशी सिद्धान्तका आधारमा समानुपातिक प्रणालीबाट जाने अर्को छ, अनि एकल संक्रमणीय कहाँ छ संविधानमा ?’

ओलीले पहिले भएको कुरालाई नेपाली कांग्रेसले हटाएको उल्लेख गर्दै भने,‘पहिले हटाउने अनि अहिले परिणाम देखेपछि आफू अनुकुल नहुने भएपछि अनि फेरि परिणाम ल्याउने कुरा उचित हुँदैन, त्यसकारण म फेरि सबैलाई आग्रह गर्न चाहन्छु, क्षणिक र मौसमी तर्क नगरौं, र मैले भन्नपनि स्पष्ट रुपमा भनेको छु, हामी अनुचित कुराहरुसँग झुक्दैनौं, सम्झौता गर्दैनौं, नेपाली कांग्रेसले हारेपछि सरकार चलाउन खोजेको हो भने, त्यो बाटो उसले स्पष्ट लिएहुन्छ, त्यसो भएपछि हाम्रो धारणा के छ भने समानुपातिकको मतपरिणाम आज सम्म आईसक्छ, परिणाम आईसकेपछि ७ दिनभित्रमा संवैधानिक व्यवस्था अनुरुप निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पठाउनुपर्छ, र त्यो परिणाम आएपछि असान्दार्भिक कुराहरु झिकेर बखेडा झिकेर, सरकार बनाउन र बन्न नदिने कुरा, यसप्रकारका कुरामा देशलाई अल्झाएर जाने कुरा नेकपा एमालेलाई र वाम तालमेल र नेपाल जे बुझिन्छ, नेपाली जनता जे बुझिन्छ आज, नेपालको संविधान जे बुझिन्छ आज, त्यसलाई मान्य हुन सक्दैन र छैन।’

 

 

 

प्रकाशित मिति: Dec 16, 2017

प्रतिक्रिया दिनुहोस्